काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललाई मातृ शोक परेको छ । नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा सोमबार बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । इन्द्रकलाको शव श्रद्धाञ्जलीका लागि घरमै राखिएको छ ।