दुर्लभ वन्यजन्तुको अखेटोपहारको अबैध कारोबारमा संलग्न चार चिनियाँ नागरिक पक्राउ

Spread the love

काठमाडौं । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर १७ ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चिनियाँ नागरिकहरुले दुर्भल वन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी खेलाइरहेको प्रहरीले फेला पारेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट जुवातास खेल्न प्रयोग गरेका विद्युतीय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुने चिनियाँ भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाईल ७ थान, बाघको छाला जस्तो देखिने वस्तु १ थान, गाईको छाला जस्तो देखिने वस्तु १ थान, कस्तुरीको बिना जस्तो देखीने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद गरेको छ ।

यस्तै उनीहरुको साथबाट राहदानी २ थान, चीनका विभिन्न बैंकहरुको एटिएम कार्ड ३५ थान, भौचर, बाघको दाँत जस्तो देखिने वस्तु २ थान, खुकुरी २ थान र तरबार १ थान बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए । पक्राउ परेका चिनियाँ नागरिकहरुको प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान कार्य भइरहेको बताएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निगमलाई कम्पनीमा रुपान्तरण गर्ने नाममा विघटन गर्न खोज्नु दुर्भाग्यपूर्णः रामचन्द्र पौडेल

२०७८ असार २२, मंगलवार १८:२५
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्ने नाममा विघटन गर्न खोज्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत वरिष्ठ नेता पौडेलले विश्वभर नेपालको छवि घुमिल हुने ढंगले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई संसद समेत नभएको […]