खोलाले गाडी बगाउँदा पर्वतमा तीन जना बेपत्ता

Spread the love

पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गएरातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु र अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । बाढीले तीन वटा घर पनि बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन

२०७८ असार २३, बुधबार ०९:१८
Spread the loveप्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो। हालैका महिनाहरूमा उनको स्वास्थ्यस्थिति पटकपटक बिग्रिएको थियो । उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । कुमारकी […]