काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदल सहमति नजिक पुगेपछि ओली र नेपालबीच बुधबार साँझ वार्ता सुरु भएको हो ।
नक्सालस्थित होटल मेरियटमा दुई नेताबीच छलफल सुरु भएको हो । कार्यदल सहमति नजिक पुगेपछि दुई नेता वार्तामा जुटेका हुन् । यसअघि बुधबार दिउँसो बसेको कार्यदल बैठक सकारात्मक भएको भोलिसम्म सबै विषय टुंग्याउने तयारी भएको नेताहरुले बताएका थिए ।