इराकको एउटा अस्पतालको कोरोना भाइरस आइसोलेशन वार्डमा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । आगलागीको कारण स्पष्ट छैन तर सुरुवाती अनुसन्धानमा आगो एक अक्सिजन ट्याङ्कमा बिस्फोट भएपछि फैलिएको अनुमान गरिएको छ । इराकका प्रधानमन्त्री मुस्तफा अल–कदिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन् ।
यस्तै बिरामीका आफन्तले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् । चिकित्सा अधिकारीले असोसिएटेड प्रेस न्यूज एजेन्सीलाई बताए अनुसार नयाँ वार्डमा ७० बेडका लागि स्थान थियो र यो तीन महिना अघि मात्रै बनाइएको थियो । एक स्थानीय स्वास्थ्य अधिकारीले आगलागीको समयमा कम्तीमा ६३ जनाभन्दा बढी भएको जानकारी दिएका छन् ।
यसअघि अप्रिल महिनामा बागदादको एक अस्पतालमा पनि एउटा अक्सिजन ट्याङ्क बिस्फोट भएको थियो । उक्त दुर्घटनामा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो ।