चिनियाँ राजदूत यान्छीद्वारा प्रधानमन्त्री देउवालाई बधाई

Spread the love

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएकी छन् । प्रधानमन्त्री निवास वालुवाटार पुगेर राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई बधाई दिएकी हुन् । भेटमा उनीहरुबीच नेपाल चीन सम्बन्धमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा रायदूत यान्छीले नेपाललाई चीनले गर्दै आएको कोरोना भाइरसविरुद्धको खोप सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी थिइन् । उनले चीनले भर्खरै घोषणा गरेको १६ लाख डोज खोप सहयोगबारे पनि जानकारी दिएकी थिइन् ।

प्रधानमन्त्री देउवाले चिनियाँ सरकारले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु, १७७५ जना संक्रमणमुक्त

२०७८ श्रावण १, शुक्रबार १५:५६
Spread the loveकाठमाडौं । नेपालमा थप २००६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २००६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६४५७६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १७७५ जना संक्रमणमुक्त भएका छन् । […]