
काठमाडौं । अनेरास्ववियूका नेता भुवन आचार्य नेपाल बाल संगठनको केन्द्रीय सभाको सदस्य पदमा मनोनित भएका छन् । संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले आचार्यलाई नेपाल बाल संगठनको विधान २०४९ को परिच्छेद ५ को धारा ९ (ङ) बमोजिमसंगठनको केन्द्रीय सभाको सदस्य पदमा मनोनयन गरेकी हुन् ।
औषधि व्यवसायीसमेत रहेका आचार्य विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आएका छन् । उनले केही वर्षदेखि विभिन्न दुर्गम जिल्लाहरुमा गएर निःशुल्क स्वास्थ्य शिविरसमेत संचालन गर्दै आएका छन् ।
