भरतपुर महानगरको न्यायिक समितिले गरेका निर्णय सदर

Spread the love

भरतपुर । भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले गरेका सबै निर्णयलाई चितवन जिल्ला अदालतले सदर गरेको छ । गत आर्थिक वर्षमा अदालत गएका सबै निवेदन सदर भएको हो । न्यायिक समितिबाट छ वटा निवेदन अदालत गएका थिए ।

महानगरपालिका न्यायिक समिति प्रमुख पार्वती शाह ठकुरीका अनुसार न्यायिक समितिले फैसला गरेका १६ मुद्दामध्ये छ वटा चित्त नबुझेर अदालत गएका थिए । उनले भनिन्, “अदालत गएका मुद्दामा पनि हाम्रो निर्णय सदर भएको छ ।”

महानगरको इजलासमा गत आर्थिक वर्षमा ३६ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका आठ वटा मुद्दा रहेका थिए ।

गत आर्थिक वर्षका लागि ४४ मुद्दामध्ये यस आर्थिक वर्षलाई जिम्मेवारी सरेका २८ वटा रहेका छन् । जिम्मेवारी सरी आएका मुद्दामध्ये चार वटा मुद्दा यही सातामा फैसला हुने तयारीमा रहेको उनले जानकारी दिए । न्यायका क्षेत्रमा महानगरको न्यायिक इजलास सक्षम रहेको भन्दै उनले कोरोना कहरका कारण भएको निषेधाज्ञाले यस वर्षमा अपेक्षाकृत मुद्दा फैसला गर्न नसकिएको बताइन् ।

उनले भनिन्,“जनतालाई न्याय दिलाउने विषयमा कुनै द्विविधाबिना काम गरेका छौं । जसका कारण अदालतले समेत न्यायिक समितिको निर्णयलाई हुवहु सदर गरेको छ ।” महानगरको आन्तरिक मूल्याङ्कनमा पनि न्यायिक समिति सबै समितिभन्दा अग्रस्थानमा रहेको उनको भनाइ छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व सङ्कलन

२०७८ श्रावण ५, मंगलवार १२:१०
Spread the loveपोखरा । आन्तरिक राजश्व कार्यालयले गत आर्थिक वर्षमा राजश्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेन । राजश्व सङ्कलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारीे निषेधाज्ञाले असर पारेका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको कार्यालयले जनाएको छ । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व […]