काठमाडौंका ‘रेडबुल’ स्टोरमा छापामारी प्रहरीद्वारा चार जना पक्राउ

Spread the love

काठमाडौँ । प्रहरीले काठमाडौँका पाँच स्थानमा रहेका शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारी चारजना स्टोर सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँका रबिनराज श्रेष्ठ, बाँकेका राजु पौडेल, ओेखलढुंगाका धनबहादुर श्रेष्ठ र सर्लाहीका वीरेन्द्र चौधरी छन् । स्टोरबाट ४ हजार ८ सय ४८ वटा रेडबुल बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाका अनुसार २०७६ असार दुईमा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ ।

देशभर सर्वसुलभ रूपमा पाइने रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने महाशाखाले जनाएको छ । उनीहरुले भारतबाट त्यस्ता पेय पदार्थ ल्याएर बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ गरिएकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइने महाशाखाले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेधशका मुद्दा यथासक्य चाँडो सम्बोधन गर्न प्रधानमन्त्रीलाई ठाकुरको आग्रह

२०७८ श्रावण ६, बुधबार १४:३३
Spread the loveकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । […]