कोरोना संक्रमणबाट ३० जनाको मृत्यु, १४७५ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७१५ जनाको पीसीआर परीक्षण गर्दा १९१८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै एन्टिजेन विधिबाट ३९०१ जनाको परीक्षण गरिएकोमा ९२० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३६४०२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६३७ पुगेको छ । क्वारेन्टाइनमा ३०१ जना रहेका छन् भने आइसोलेसनमा २६८३२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

२०७८ श्रावण ६, बुधबार १६:४६
Spread the loveकाठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । साउन पाँच  गतेको मिति राखेर एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको हो । पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको […]