क्रियाशीलता सदस्यतालाई लिएर कांग्रेसमा किचलो, अमरेश सिंहले दिए सांसद पदबाट राजीनामा

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काँग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।

राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नम्बर २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन् ।

सिंहले राजीनामा पत्रमा भनेका छन्, ‘मधेसमा काँग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनःस्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार !

२०७८ श्रावण ६, बुधबार २१:०६
Spread the loveकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकताका […]

समाचार छुट्याे की?