चौथो वेभ आएको दक्षिण कोरियामा २४ घन्टामा अहिलेसम्मकै बढी सङ्क्रमित

Spread the love

कोरोना भाइरसको चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । अधिकारीहरुले मंगलबार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरु फेला परेका बताएका छन् ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् ।

दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमितहरु पाइएको बताइएको छ ।

पछिल्लो २४ घन्टा यता मात्र एक हजार ७८४ जना कोभिडका संक्रमितहरु भेटिएका हुन् । यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् ।

अधिकारीहरुले दक्षिण कोरियामा गएको हप्ता देखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको पनि बताएका हुन् । उनीहरुका अनुसार दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाई गरेको छ ।

योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या १ लाख ८२ हजार ७२२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको हो ।

अधिकारीहरुले यही जुलाई १ देखि देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरु कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् ।

यसरी प्रत्येक दिन संख्या बढ्दै गएका कारण पनि दुई हप्ता अघि नै यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।मंगलबार देखिएका यी संक्रमतिहरुमा आधाभन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ ।

कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले किन बोक्ने ?

२०७८ श्रावण ६, बुधबार १२:१८
Spread the loveगगन थापा ।  २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ”प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन”भन्ने व्यवस्था छ र उक्त कानून २०७५/६/२ गतेदेखि लागू भइसकेको छ। यो कानून कार्यान्वयनमा […]