माधव नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार !

Spread the love

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने अध्यक्षले प्रतिवद्धता जनाउनुभएको जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्ष ओलीले पार्टी आन्दोलनलाई घात गर्ने कुनै खालका हर्कतलाई भने सफल हुन नदिइने बताएका थिए ।

एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

बैठकले जनताको पक्षमा काम गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिको पूरानै अवस्थामा पुर्याउने, प्रतिपक्ष दलको हैसियतमा जनसरोकारका चासोलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने गरी अघि बढ्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए ।

बैठकले बिहीबार नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै दिउँसो १ बजे मनाउने निर्णय पनि गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टोकियो ओलम्पिकको उद्घाटनमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने

२०७८ श्रावण ६, बुधबार २१:४९
Spread the loveजापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन् । जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकारहरुसँग भने, “१५ देश र अन्तर्राष्ट्रिय […]