विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

Spread the love

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेकपा महासचिव विप्लवसँग बुधबार भएको छलफलमा प्रधानमन्त्रीले पूर्ववर्ती सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन् । छलफलमा सहभागी नेकपाका नेता धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्रीका तर्फबाट तीन बुँदे सहमति कार्यान्वयनको प्रतिवद्धता आएको जानकारी दिए ।

उनले भने, ‘हामीले सहमति कार्यान्वयन गर्नुपर्यो भन्ने कुरा राख्यौँ । प्रधानमन्त्रीले काम गर्छौ भन्नुभएको छ ।’प्रधानमन्त्री देउवालाई भेट्न विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धमेन्द्र बास्तोला बालुवाटार पुगेका थिए ।

पूर्ववर्ती सरकारले गत फागुन २० गते तत्कालीन प्रतिबन्धित नेकपासँग प्रतिवन्ध फुकुवा, नेता–कार्यकर्ताको रिहाइ र मुद्दा खारेज गर्ने सहमति गरेको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्रियाशीलता सदस्यतालाई लिएर कांग्रेसमा किचलो, अमरेश सिंहले दिए सांसद पदबाट राजीनामा

२०७८ श्रावण ६, बुधबार २०:४२
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काँग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर […]

समाचार छुट्याे की?