ओलम्पिकमा सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

Spread the love

काठमाडौं । शुक्रबारदेखि जापानको टोकियोमा आयोजना हुने ३२ औँ ग्रीष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो । उनी ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन् ।

भट्ट विश्व वरीयतामा १२७औँ स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् । उक्त खेल साउन ९ गते हुनेछ । पदकको टुङ्गो पनि सोही दिन लाग्नेछ ।

भट्ट वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन् । उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा कास्य पदक जितेकी थिइन् । उनी महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन् ।

डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रुपमा सहभागी छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डा मुनि रहेर प्रतिस्पर्धा गर्नेछन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनआरएन दक्षिण कोरियाको सचिवमा हरि भट्टराईको उम्मेद्वारी

२०७८ श्रावण ७, बिहीबार २२:३४
Spread the love  सउल ।  गैर आवासीय नेपाली संघ (एन आर एन), राष्ट्रिय परिषद् दक्षिण कोरियाको सचिव पदमा हरि प्रसाद भट्टराईले उम्मेदवारी दिएका छन्। भट्टराईले सामाजिक सञ्जाल मार्फत आगामी जुलाई २४ र २५ तारिकमा हुने एन आर एन राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सचिव पदमा उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा […]

समाचार छुट्याे की?