चीनमा बाढीले भूमिगत रेल स्टेशन डुबाएपछि कैयौँमा त्रास

Spread the love

मङ्गलवार चीनको व्यस्त सबवे अर्थात् भूमिगत रेल स्टेशनमा बाढी आएसँगै कैयौँ हतास यात्रुहरूले भाग्ने प्रयास गरेका थिए । र, अन्य केहीलाई बाढीले बगाएर प्लेटफर्म भन्दा टाढा पुर्याइदियो ।

रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म पुग्यो । आत्तिएका यात्रुहरू सास फेर्न शरीरलाइ माथि धकेलिरहेका थिए भने कम उचाइका व्यक्तिहरूलाई अन्यले बोकिरहेका थिए । सामाजिक सञ्जालमा देखिएका केही भिडियोहरूमा यात्रुहरू कुर्सीमा उभिएको र रेलको छतमा टाँसिएको देख्न सकिन्छ ।

बाहिर झन् धेरै पानी रहेको थाहा नहुँदासम्म एक जना यात्रुले झ्याल फुटाउने प्रयास गरिरहेका थिए । केहीले बित्यास लाग्दो स्थितिको भिडियो खिचिरहेका थिए भने केहीले सहयोग गर्न भन्दै आफ्ना नजिकका मानिसहरूलाई सम्पर्क वा सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए । कैयौँ घण्टाको त्रास र अनिश्चितता पछि उद्धार कार्यमा खटिएको टोली रेलको छतबाट भित्र प्रवेश गर्न सफल भयो र मानिसहरूलाई बाहिर निकाल्न थाल्यो ।

‘हामीले छतमा रहेको सिसा अलिकति फुटायौँ। त्यसपछि अचानक त्यहाँ हावा आयो,’ नाम नखुलाइएकी एक महिलाले सराकारी प्रसारक सीसीटीभीलाई भनिन् । जङ्जो सहरमा क्रमिक रूपमा सयौँ मानिसहरूलाई बाढीका कारण डुबेको सबवेबाट बचाउन उद्धारकर्ताहरू सफल भए । खनान प्रान्तस्थित एल्लो रिभरको किनारमा रहेको उक्त सहरमा १ करोड २० लाख मानिसहरू बसोबास गर्छन् ।

पछिल्लो घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताइएको छ । जलवायु परिवर्तनका कारण तापमान बढेको वायुमण्डलले पनि अत्यधिक वर्षाको सम्भावना बढाउँछ ।

झन्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको खनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको थियो । जङ्जोमा पछिल्ला तीन दिनमा परेको पानीको मात्रा उक्त सहरमा एक वर्षमा पर्ने पानी समान रहेको बताइएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालो ढुसीको सङ्क्रमणका कारण भारतमा ४३ सय भन्दा बढीको मृत्यु

२०७८ श्रावण ७, बिहीबार १०:५०
Spread the loveकोभिड–१९ का बिरामीहरूलाई सङ्क्रमण गर्ने ‘कालो ढुसी’ बाट भारतमा कम्तीमा ४३ सय भन्दा बढी मानिसको मृत्यु भएको छ । भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५ हजार ३७४ बिरामी फेला परेका स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन् । यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ । […]