प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त

Spread the love

काठमाडौं । सरकारले लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रकाश र सुनितालाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको हो ।

गीत संगीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले कलाकारद्वयलाई सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिएका छन् ।

प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी पहिरोबाट बढी प्रभावित रहेको उल्लेख गर्दै त्यसको क्षतिको मूल्यांकन गर्ने काम भइरहेको पनि जनाएको छ । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाइसकेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसएसपी राणा डीआईजीमा बढुवाका लागि सिफारिस

२०७८ श्रावण ७, बिहीबार २०:४६
Spread the loveकाठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम चारको प्रावधानअनुसार बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो […]