काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धन दलसँग छलफल गरेका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनीहरु मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालबारे छलफल भएको हो । प्रधानमन्त्री देउवाले आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए। जसमा नेपाली कांगेसबाट दुई र माओवादी केन्द्रका दुई मन्त्री छन्।
देउवा प्रधानमन्त्री भएपछि माधव नेपाल पहिलोपटक आज गठबन्धन बैठकमा सहभागी भएका हुन् । यसअघि भएका गठबन्धनको बैठकमा उनले प्रतिनिधिको रूपमा डा. विजय पौडेललाई पठाएका थिए । सर्वोच्च अदालतले फैसला गरेपछि आफू गठबन्धनमा नरहने उनले बताएका थिए।