
काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिनका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हाल जारी रहेका निषेधका प्रावधानहरुलाई नै निरन्तरता दिने गरी निषेधाज्ञा थपिएको बताए।