कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउँदै

Spread the love

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बिहान १० बजेपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको हो ।

बैठकमा कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउँदैछ । समितिले बारा र सप्तरी जिल्लाको नयाँ क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकेकोले केन्द्रीय समितिलाई नै जिम्मा लगाउने निर्णय गरेको छ ।

सर्लाही क्षेत्र नम्बर २ र धनुषा ४ को विवाद पनि समितिले टुंग्याएको छैन । आज बस्ने पदाधिकारी बैठकले समितिको प्रतिवेदन बुझ्नुका साथै महाधिवेशन कार्यतालिका संशोधन, केन्द्रीय समितिको बैठक आह्वान र सरकार विस्तारबारे छलफल गर्ने बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकी सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाड्ने

२०७८ श्रावण १२, मंगलवार ०८:५०
Spread the loveअमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी लडाकू सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाडिसक्ने बताएका छन् । यद्यपि इराकी सेनालाई तालिम र सल्लाह दिनका लागि त्यहाँ अमेरिकी सेनाहरू रहिरहने बताइएको छ । इराकी प्रधानमन्त्रीको वासिङ्टन भ्रमणका बेला बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमीसँग ह्वाइट हाउसमा […]