काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटार बसिरहेको छ । बैठक बिहान ९ बजेपछि सुरु भएको भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी छन् ।
मन्त्रिपरिषद् विस्तारसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनको बैठक बसेको हो । देउवाको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन। कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादी केन्द्रबाट दुई जना मन्त्री छन् । एमालेको माधव नेपाल पक्षले पनि सरकारमा सहभागी हुने बताइसकेको छ।