काठमाडौँ । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका चार जना पूर्वसांसद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
बुधबार पूर्वसांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंखर चौधरीले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । माओवादी केन्द्रका तर्फबाट सांसद रहेका उनीहरुले केपी ओलीलाई समर्थन गरेपछि पार्टीले सांसद पदबाट हटाएको थियो ।
चारैजना पूर्व सांसदले आफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएको भन्दै पुनर्बहालीको माग गरेका छन् ।