काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपपिनताको शपथ लिएका छन् । बिहीबार बिहान सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका उपाध्यक्ष पौडेललाई शपथ खुवाएका हुन् ।
प्रधानमन्त्री देउवाले पौडेललाई शपथ खुवाएपछि आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर लिम्बुले पौडलबाट शपथ लिएका थिए । शपथ कार्यक्रममा मन्त्री, प्रधानमन्त्री कार्यालयका कर्मचारी र योजना आयोगका सदस्य सहभागी थिए । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई उपाध्यक्ष नियुक्त गरेको थियो ।