काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज बस्दैछ । कोरोना संक्रमण बढ्दै गएपछि त्यसबारे छलफल गर्न आज बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे बस्दैछ ।
बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना रहेको बताइएको छ । केही दिनयता कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।