कोरोना संक्रमणबाट २३ जनाको मृत्यु, १९१६ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६९५३८९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५४१७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८५७ पुगेको छ । क्वारेन्टाइनमा ३८० जना रहेका छन् भने आइसोलेसनमा ३१३५५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा थप ४१ हजारलाई कोरोना संक्रमण

२०७८ श्रावण १६, शनिबार १६:४३
Spread the loveभारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४१ हजार ६४९ जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख आठ हजार ९२० जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । […]