
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा दिएका हुन् ।
नेतृत्व तहसँग मनमुटाव भएपछि राजीनामा दिने उनी पछिल्ला पदाधिकारी हुन् । अहिले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विषयलाई लिएर एन्फामा चर्को विवाद छ । प्रशिक्षक अल्मुताइरीले एन्फा उपाध्यक्ष पंकज नेम्वाङले काम गर्न अवरोध गरेको भन्दै राजीनमा दिने घोषणा गरेका थिए । तर औपचारिक रूपमा पद भने छाडेनन् ।