बुटवल । लुम्बिनी प्रदेशका ४१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित विपक्षी दलका सांसदहरुले सरकारमा दाबी गरेका छन् । विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई नयाँ सरकार गठनको दाबी पेश गरेका हुन्।
विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न मागसहित निवेदन दिएका हुन् । विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परिसकेको दाबीसहित बहुमत सदस्यहरु आफ्नो पक्षमा रहेको पनि जिकिर गरेका छन्।