प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, सरकारमा सहभागी हुन नेपाललाई आग्रह

Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान दुई नेताबीच कोटेश्वरमा भेटवार्ता भएको हो ।

नेकपा एमालेको नेपाल पक्षलाई सरकारमा ल्याउने सन्दर्भमा प्रचण्डले वरिष्ठ नेता नेपालसँग भेट गरेका हुन् । नेपालसँग भेट्न अध्यक्ष प्रचण्डले अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि सँगै लगेका थिए ।

भेटमा नेता नेपाललाई प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका बताइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच निर्णायक वार्ताको तयारी भइरहेका बेला प्रचण्डले भेटेर छलफल गरेका हुन् ।

नेता नेपालले ठोस निर्णय नदिँदा असार २९ गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि मन्त्रिपरिषदलाई पूर्ण दिन सकेका छैनन् । यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेता नेपालसँग भेटवार्ताको तयारी गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महाकालीमा तुइन काटिएको घटनाबारे भारतीय राजदूतलाई बोलाएर औपचारिक विरोध जनाउन एमालेको माग

२०७८ श्रावण १९, मंगलवार १३:३३
Spread the loveकाठमाडौं । नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ । बैठकको शुरूमै एमाले सांसदहरू उभिएर दार्चुला घटनाका सम्बन्धमा ध्यानाकर्षण गर्न समय मागेका थिए । त्यसपछि नेकपा एमालेका सांसद गणेश ठगुन्नाले घटनाका सम्बन्धमा […]