बुटवल । कहिले नेकपा एमालेमा रहेकी र कहिले माओवादी केन्द्रमा रहेको भन्दै विवादमा तानिएकी लुम्बिनी प्रदेशसभाकी सदस्य विमला वलीले आफूलाई जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुर्याइएको बताएकी छन् ।
बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी वलीले आफू माओवादी केन्द्रमै रहेको स्पष्ट पारेकी हुन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर रावतले आफूलाई तुलसीपुरस्थित घरबाट नेपालगञ्ज जान भनी गाडीमा बसाएर बुटवल पुर्याएको बताइन् । मुख्यमन्त्री निवासमा पुर्याएर मुख्यमन्त्री पोखरेलले नेकपा एमालेमै फर्किन दबाब दिएको उनले बताइन् ।

