भारतमा थप ४३ हजारलाई कोरोना संक्रमण

Spread the love

भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४१ हजार ७२६ रहेको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म कुल तीन करोड १८ लाख १२ हजार ११४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये तीन करोड नौ लाख ७४ हजार ७४८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण चार लाख २६ हजार २९० जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ४८ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४८ करोड ९३ लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन दिनसम्म मुख्यमन्त्री पोखरेलको निवासबाट बाहिर निस्कन नदिइ एमालेमै रहन दबाब दिइयोः सांसद वली

२०७८ श्रावण २१, बिहीबार १५:२४
Spread the loveबुटवल । कहिले नेकपा एमालेमा रहेकी र कहिले माओवादी केन्द्रमा रहेको भन्दै विवादमा तानिएकी लुम्बिनी प्रदेशसभाकी सदस्य विमला वलीले आफूलाई जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुर्याइएको बताएकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी वलीले आफू माओवादी केन्द्रमै रहेको स्पष्ट पारेकी हुन् । नेकपा एमाले संसदीय दलका प्रमुख […]