काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले दार्चुला घटनाको भत्र्सना गर्दै सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । परिषदका अध्यक्ष केवि राउतले विज्ञप्ति जारी गरी भारतीय सीमा सुरक्ष बल एसएसबीको ज्यादतीको सीमा नाघेको भन्दै दोषीलाई कारबाहीको माग गरेका हुन् । परिषद्ले घटनालाई मानवीय मूल्यमान्यतालाई ख्याल नगरी गरिएको पाशविक घटना भनेको छ ।