काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद अधिवेशन हठात् अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । बुधबार सामाजिक संजालमार्फत थापाले जसले ल्याए पनि अध्यादेश हिजो गलत, आज गलत, सधैं गलत रहेको बताएका हुन् ।
हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक नभएको भन्दै थापाले समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने बताए ।
उनले भने, ‘गतवर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन । विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’