१४२४ जनामा कोरोना संक्रमण, २३८२ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७४५७३१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६९५९२५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४८५ पुगेको छ । क्वारेन्टाइनमा ४२३ जना रहेका छन् भने आइसोलेसनमा ३९३२१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज जनै पूर्णिमा, यज्ञोपवीत धारण गरी मनाइँदै

२०७८ भाद्र ५, शनिबार १६:४१
Spread the loveकाठमाडौँ ।  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक […]