अफगानिस्तानबाट सेना फिर्तीको समयसीमा लम्ब्याउन अमेरिकामाथि दबाब

Spread the love

संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले राष्ट्रपति जो बाइडनले अगष्ट महिनाको अन्त्यपछि पनि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने या नराख्ने विषयमा २४ घण्टाभित्र निर्णय लिने बताएका छन् ।

राष्ट्रपति बाइडनलाई उनका साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नु पर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन् । मङ्गलबर हुने भर्चुअल जी–सेभेनको शीर्ष बैठकमा उक्त विषय प्रमुख मुद्दा हुनेछ । तालिबानहरूले अर्को हप्ताभन्दा पछिसम्म अमेरिकी सेना बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन्।

पछिल्लो २४ घण्टामा झन्डै १६ हजार मानिसहरूलाई उद्धार गरिएको छ । स्थल सीमाबाट आवतजावत सहज बनाउन अफगानिस्तानका छिमेकीहरूसँग पनि कुराकानी भइरहेको छ ।

यसअघि आफ्ना साझेदारहरूबाट उद्धारको समयसीमालाई अगष्ट ३१ बाट बढाउन माग गरिएको भएपनि अमेरिकाले तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट उद्धार कार्य तोकिएकै समयमा सम्पन्न गर्ने बताउँदै आएको थियो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफू अझै पनि उक्त समयसीमा परिवर्तनको पक्षमा नरहेको बताइरहेको छ । तर बेलायत, फ्रान्स र जर्मनीले जी सेभेनको बैठकमा त्यसो नगर्न दबाब बढाउनेछन् ।

तालिबानले समयसीमा बढाउनुले सहमतिको उल्लङ्घन हुने जनाएको छ । हालसम्म अफगानिस्तानबाट दशौँ हजारलाई उद्धार गरिएको छ तर भाग्न खोजिरहेका अरू मानिसहरू काबुल विमानस्थलभित्र वा नजिकै कोचिएर बसिरहेका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले अबको २४ घण्टाभित्र फौजहरूको स्वदेश फिर्तीको समयसीमा बढाउने या नबढाउनेबारे निर्णय लिने रोएटर्स समाचार संस्थाले जनाएको छ ।

नाम नखुलाइएका एक अधिकारीले पेन्टागनलाई तयारी गर्न समय दिने हिसाबले त्यसो गरिने उनले बताए । अमेरिकी मेजर जनरल ह्यांक टेलरले सोमबार २४ घण्टामा १६ हजार जनाको उद्धार गरिएको जानकारी दिए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा भदौ १५ गतेसम्म निषेधाज्ञा थप

२०७८ भाद्र ८, मंगलवार ०९:२२
Spread the loveकर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थप गरेको सूचना गरेको छ । कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख […]