अमेरिका र बेलायतद्वारा काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम भएको चेतावनी

Spread the love

अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान भनेका छन् । विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन भनिएको छ ।

दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणहरू प्रतीक्षारत छन् । १० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट ८२ हजार भन्दा बढीलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ र राष्ट्रहरू अगस्ट ३१ भित्र मानिसहरूको उद्धार सम्पन्न गरिसक्न उद्धत छन् ।

तालिबानले त्यो समयसीमा लम्ब्याउने विषयको विरोध गरेको छ तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनका अनुसार अगस्ट ३१ पछि पनि अफगान नागरिक र विदेशीहरूलाई देश छोड्न दिने उसले वाचा गरेको छ ।

आफूलाई इस्लामिक स्टेटका रूपमा चिनाउँदै आएका अतिवादी समूहले पार्न सक्ने खतराबारे अमेरिकी राष्ट्रपति जो बाइडनले चर्चा गरेको २४ घण्टापछि बेलायत र अमेरिकाको यस्तो सुझाव आएको हो । आक्रमणको जोखिम रहेकाले जतिसक्दो चाँडो हवाई उद्धार हुनु राम्रो रहेको बाइडनले बताएका थिए ।

भिडभाडयुक्त विमानस्थलमा खटेका सैन्य कमान्डरहरू आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको बताइएको छ । काबुलबाट प्राप्त विवरणहरूका अनुसार तालिबानले विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको छ ।

यसअघि बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा पनि स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिमबारे छलफल गरेका थिए । उनले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्व प्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्याङ्कन गरिनुपर्ने बताएका थिए ।

तर निरन्तर अफगान नागरिकहरूलाई मद्दत पुर्याइनुपर्ने उनको भनाइ छ । काबुल विमानस्थलको सुरक्षामा झन्डै ६ हजार अमेरिकी सैनिक र १ हजारभन्दा बढी ब्रिटिस सैनिक खटिएका छन्। उनीहरूले विदेशी र मापदण्ड पूरा गरेका अफगान नागरिकहरूको उद्धारमा सघाइरहेका छन् । त्यसबाहेक नेटो आबद्ध फ्रान्स, जर्मनी र टर्कीका फौजहरू पनि सानो सङ्ख्यामा खटिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा हुने

२०७८ भाद्र १०, बिहीबार ०९:०५
Spread the loveकाठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।  वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि पहिलो पटक एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।  तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । दुई दिनअघि तेस्रो धारका नेताहरुसहित […]