प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

Spread the love

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई शपथ गराएका हुन् ।

आचार्य आजै एमाले संसदीय दलको नेता चुनिएलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा चुनिएका हुन् । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा राईकै प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता बनाइएको थियो । यसअघि माधवकुमार नेपाल पक्षमा रहेका नेता आचार्यले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु

२०७८ भाद्र १०, बिहीबार १२:५४
Spread the loveअफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् । उनले भने,‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ ।’ उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे […]