अमेरिकाद्वारा अफगानिस्तानमा आईएसलक्षित हवाई आक्रमण

Spread the love

अमेरिकाले अफगानिस्तानको नाङ्गाहार प्रान्तमा इस्लामिक स्टेटका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार राष्ट्रपति जो बाइडेनको स्वीकृतिपछि अमेरिकी सेनाले आक्रमण गरेको हो ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । उनले नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण भएको छ । आक्रमणबाट आइएसका योजनाकारको मृत्यु भएको उनले दाबी गरेका छन् ।

बिहीबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती विस्फोटमा १३ जना अमेरिकी सैनिकसहित १६० जना अफगानी नागरिक मारिएका थिए । त्यसपछि अमेरिकाले हवाई आक्रमण गरेको हो । अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि अमेरिकालगायतका मुलुकले लगातार उद्धार कार्य गरिरहेको छ । अगष्ट १४ देखि यता अमेरिकाले १ लाख ९ हजारभन्दा बढीको उद्धार गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हरिवंश आचार्यको ‘ए कालु भेना’

२०७८ भाद्र १२, शनिबार ०९:२२
Spread the loveवरिष्ठ कलाकार हरिवंश आचार्यले ‘ए कालु भेना’ बोलको गीत ल्याएका छन् । गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा हरिवंश आचार्यको नै शब्द र संगीत छ। गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ छ । निर्देशक गम्भीर बिष्टले भिडियोलाई आकर्षक बनाएका छन्। हरिवंश […]