जिल्ला सभापतिहरुले माग सम्बोधन गर्न देउवा सहमत

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच क्रियाशील सदस्यता विवाद समाधान गरी नामावली सार्वजनिक गर्ने सहमति भएको छ ।

शुक्रबार साँझ सभापति देउवासँग कुराकानी गरेपछि पौडेल पक्षले शनिबार बिहान नेता प्रकाशमान सिंहको निवासमा पौडेल पौडेल पक्षबीच छलफल भएको थियो । पौडेलसँगको छलफलमा सभापति देउवाले माग सम्बोधन गर्ने बताएका थिए । देउवासँग भएको छलफलबारे पौडेलले बैठकमा जानकारी गराएका थिए ।

दुई नेताको छलफलमा क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता सिंहले जानकारी दिए । देशभरका ६ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले जानकारी दिए ।

उनका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ । जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यको नाम सार्वजनिक गर्न माग गरेका थिए । ४८ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ । क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने बिषयमा पनि सहमति जुटेको उनले बताए । साथै नेता सिहले अब पार्टी भित्र नयाँ उसाहका साथ अधिवेशन केन्द्रित हुने वातावरण बनेकाले सबैलाई महाधिवेशनमा केन्द्रित हुन समेत आग्रह गरेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानिस्तानबाट २० वर्षपछि अमेरिकी सेना फिर्ता

२०७८ भाद्र १२, शनिबार ११:५९
Spread the loveसंयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ । काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ । उक्त फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला […]