काबुलमा हिंसा नहोस् भनेर देश छाडको घानीको भनाई

Spread the love

अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानीले एउटा विज्ञप्ति सार्वजनिक गर्दै तालिबान देशको राजधानी काबुल प्रवेश गर्दै गर्दा आफू देश छाडेर भाग्नुको कारणबारे व्याख्या गरेका छन् ।

दुई पटक राष्ट्रपति बनिसकेका घानीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा घानीले माफी पनि मागेका छन् तर अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको भने उनले कडा रूपमा खण्डन गरेका छन् । उनले तालिबान वा तालिबान सरकारबारे भने टिप्पणी गरेका छैनन् ।

अशरफ घानी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन्। उनी देशका चर्चित शिक्षाविद् हुन् ।

उनले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताएका थिए । अफगानिस्तानमा तालिबान सत्ता गएपछि र केही वर्षको युद्धपश्चात् घानी स्वदेश फर्केका थिए । राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो ।

उनी अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन् । उनलाई तालिबानले सधैँ अमेरिकाको ‘कठपुतली’ का रूपमा चित्रित गर्ने गरेको छ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिपी कोइरालाको १०८औँ जन्मजयन्ती मनाइँदै

२०७८ भाद्र २४, बिहीबार ०९:१९
Spread the loveकाठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता […]