रोड्रिगो अब निर्वाचनमा उपराष्ट्रपति पदमा उठ्ने

Spread the love

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आगामी निर्वाचनमा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन आफ्नो दलको मनोनयन स्वीकार गरेका छन् । फिलिपिन्सको संविधानले राष्ट्रपतिलाई दोस्रो कार्यकाल काम गर्न अनुमति दिँदैन । डुटेर्टेले शक्तिमा बसिरहने उद्देश्यसहित उपराष्ट्रपति पदमा चुनावमा उठ्न खोजेको आरोप विपक्षीहरूले लगाएका छन् ।

तर डुटेर्टेले आफू देशको मायाबाट प्रेरित भएको दाबी गरेका छन् । उपराष्ट्रपति बनेर आफूले नै सत्ता चलाउन डुटेर्टले राष्ट्रपति पदका लागि कमजोर पात्र खोजेको कतिपयको आशङ्का छ । रोड्रिगो डुटेर्टेले उनी निकट सिनेटर क्रिस्टोफर बोङ गोलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन आग्रह गरेका थिए । तर बुधवार पार्टीले गरेको प्रस्ताव आफ्नो मन र मस्तिष्क जनताको सेवामा केन्द्रित रहेको भन्दै उनले अस्वीकार गरे ।

गोले आफ्नो निर्णय पुनर्विचार गरून् भन्ने पार्टीले चाहेको भए पनि डुटेर्टेकी छोरीले राष्ट्रपति पदमा उम्मेदवारी दिन सक्ने सङ्केत देखिएको छ ।

यसै वर्ष भएका सबैजसो मत सर्वेक्षणमा अग्रस्थानमा देखिएकी सारा डुटेर्टे कार्पियोले उम्मेदवारी दिने विषयमा मिश्रित सङ्केतहरू देखाएकी छन् । डुटेर्टे सन् २०१६ मा निर्वाचन जितेर राष्ट्रपति बनेका थिए ।

उनले अपराध घटाउने र लागुऔषधको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। तर आलोचकहरूले डुटेर्टेले सन्दिग्ध मानिसको गैरन्यायिक हत्या गर्न प्रहरीलाई प्रोत्साहन गरेको बताउने गरेका छन् । उनी राष्ट्रपति भएको पहिलो छ महिनामा सात हजार जनाभन्दा बढी मानिसको प्रहरी वा परिचय नखुलेका सशस्त्र समूहले हत्या गरेको एम्नेस्टी इन्टरनेशनलको एउटा प्रतिवेदनले देखाएको छ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खानी विभागले कारबाही नगरेको रोल्पाको चुनढुंगा चोरी प्रकरण

२०७८ भाद्र २४, बिहीबार ११:२९
Spread the love दाङ । विवादै विवादको भूमरीमा रहेको दाङको घोराही सिमेन्टले स्थानीय प्रशासनको संरक्षणमा चोरीकार्यलाई तिव्रता दिइरहेको छ । गैरकानुनी चोरी कार्यमा संलग्न भएको घोराहीले सम्बन्धित निकायका निर्देशनलाई समेत वेवास्ता गर्दै आएको छ । घोराही सिमेन्टले चोरी गर्नको लागि बाटो बनाउने बहानामा रोल्पा सिमेन्टको चुनढुंगा दैनिक सयौं टिपरमा गाडीमा […]