गण्डकी विश्वविद्यालयको डिनमा डा. अधिकारी नियुक्त

Spread the love

गण्डकी । गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।

अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका डा अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन् । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिए ।

उनका अनुसार डा अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संखुवासभामा सामूहिक हत्याकाण्डः एक जना छिमेकी पक्राउ

२०७८ भाद्र २६, शनिबार १०:४४
Spread the loveसंखुवासभा । संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ उमलिङको खोलागाउँमा गत सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जना छिमेकीलाई पक्राउ गरेको छ । प्रहरीले हत्याको आशंकामा छिमेकी २५ वर्षीय युवकलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक […]

समाचार छुट्याे की?