संखुवासभामा सामूहिक हत्याकाण्डः एक जना छिमेकी पक्राउ

Spread the love

संखुवासभा । संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ उमलिङको खोलागाउँमा गत सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जना छिमेकीलाई पक्राउ गरेको छ ।

प्रहरीले हत्याको आशंकामा छिमेकी २५ वर्षीय युवकलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । यसअघि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताउँदै आएको थियो ।

मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीद्वारा पूर्वराजदूत राणाप्रति श्रद्धाञ्जलि व्यक्त

२०७८ भाद्र २६, शनिबार ११:१८
Spread the love  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गरेका हुन् । राणाको गएराति […]

समाचार छुट्याे की?