काठमाडौं । खेलकुदसँग सम्बन्धी पोशाक लगायतका सामग्रीको बिक्रेता विश्व प्रसिद्ध हम्मेल ब्राण्डको डिलर नेपालमा पनि खुलेको छ । नेपालमा आधिकारिक बिक्रेता कब्स इन्टरनेशनल नेपालले हम्मेल ब्राण्डमा सामग्री बिक्री सुरु गरेको हो ।
बिहीबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका नेता गगन थापाले यसको उद्घाटन गरेका छन् । ललितपुरको कुमारी पाटीमा कब्स इन्टरनेशनल चार हजार स्वायरफिट भन्दा बढीको आउटलेट छ । यहाँ हम्मेल ब्राण्डका जर्सी, ज्याकेट, जुत्ता, क्याप, ट्राउजरलगायका खेलकुदसँग सम्बन्धित सामग्री पाइन्छ ।
त्यसका साथै यहाँ खेलकुद बाहेकका टिसर्ट लगायतका पोशाक पनि पाइन्छ । करोडौंको लगानीमा यसको सुरुवात गरिएको संचालक गौतम वैश्यले जानकारी दिएका छन् । सन् १९२३ मा डेनमार्कमा स्थापना भएको हम्मेल ब्राण्ड विश्वमै प्रख्यात छ ।