चीनले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने

Spread the love

दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिवान सरकारले जनाएको छ ।

तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चीनको सहायता औषधी र खाद्यान्नको लागि प्रयोग गरिने बताएका टोलो समाचार संस्थाले उल्लेख गरेको छ । तालिवानका उपप्रधानमन्त्री मुल्लाह बारादर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो सार्वजनिक भेटवार्तापछि यस्तो घोषणा गरिएको हो ।

दुवै पक्षले अफगानिस्तानको राजनैतिक र आर्थिक स्थितिबारे छलफल गरेको कुरा मुजाहिदले पत्रकार सम्मेलनमा बताएका खामा प्रेस न्यूज एजेन्सीले लेखेको छ । वाङ यीसँग सोमबार भएको भेटमा मुल्ला बारादरले अफगान तालिबानले चीनको सुरक्षा चिन्तालाई ठूलो महत्व दिएको बताएका थिए ।

वाङले तालिबानले खुलापन र सहिष्णुताको थप प्रदर्शन गर्ने, देशका सबै जातीय समूहहरूलाई एकजुट भएर शान्तिपूर्ण पुनर्निर्माणका लागि सँगै काम गर्ने विश्वास व्यक्त गरेका चिनियाँ सञ्चारसंस्था ग्लोबल टाइम्सले आफ्नो समाचारमा लेखेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने नेपाल बारको निर्णय

२०७८ कार्तिक ९, मंगलवार २२:५५
Spread the loveकाठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । नेपाल बार एसोसिएसनको केन्द्रीय समितिको बैठकले न्यायपालिकाको नेतृत्वमा गम्भीर आरोप लागेको अवस्थामा प्रधानन्यायाधीश जबराले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रधानन्यायाधीश जबराले न्यायालयको स्वतन्त्रता निष्पक्षता आँच […]