पहिलो चरणमा ४८ कामदार बुधबार दक्षिण कोरिया जाँदै

Spread the love

काठमाडौं । २० महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन् ।

कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ । दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व तापक्रमलाई १.५ सेन्टिग्रेडमा सीमित राख्न सात गुणा बढी कार्बन उत्सर्जन कटौति गर्नुपर्ने

२०७८ कार्तिक ९, मंगलवार २२:०३
Spread the lovemoreराष्ट्रसंघले विश्वले तापक्रमलाई १.५ सेन्टिग्रेडको सीमामा राख्न हो भने विश्वव्यापी कार्बन उत्सर्जन कटौतीलाई विश्व समुदायले वर्तमान योजनाभन्दा सात गुणा बढी कम गर्न आवश्यक रहेकोे बताएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यही गतिमा अघि बढेमा अहिलेका राष्ट्रिय प्रतिबद्धताहरूले सन् २०३० को उत्सर्जन स्तरबाट ७.५ प्रतिशत अंश मात्र कम […]