प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने नेपाल बारको निर्णय

Spread the love

काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । नेपाल बार एसोसिएसनको केन्द्रीय समितिको बैठकले न्यायपालिकाको नेतृत्वमा गम्भीर आरोप लागेको अवस्थामा प्रधानन्यायाधीश जबराले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

प्रधानन्यायाधीश जबराले न्यायालयको स्वतन्त्रता निष्पक्षता आँच आउने काम गरेको भन्दै राजीनामाको विकल्प नरहेको बैठकपछि नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिए । प्रधानन्यायाधीशले राजीनामा नदिए एशोसिएसनले नेपाल राज्यभरका बार इकाईमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने पनि महासचिव पौडेलले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद नेपालको कार्यालय उद्घाटन

२०७८ कार्तिक ९, मंगलवार २३:५१
Spread the lovemoreभक्तपुर । भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् । सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आएका पूर्वसुरक्षाकर्मीहरुको जिल्ला सम्पर्क कार्यालय, सृजनानगरमा खोलिएको हो । भक्तपुरमा भएको बृहद् भेलाले अवकास प्राप्त प्रहरी नायब उपरीक्षक उद्धव कार्कीको […]