भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद नेपालको कार्यालय उद्घाटन

Spread the love

भक्तपुर । भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् ।

सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आएका पूर्वसुरक्षाकर्मीहरुको जिल्ला सम्पर्क कार्यालय, सृजनानगरमा खोलिएको हो । भक्तपुरमा भएको बृहद् भेलाले अवकास प्राप्त प्रहरी नायब उपरीक्षक उद्धव कार्कीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारीहरु साथै ३ जना सल्लाहकार समेत चयन गरिएको छ ।

अवकास प्राप्त सेनानी सिताराम दाहालको सभापतित्वमा भएको कार्यक्रममा परिषद्का केन्द्रीय पदाधिकारी साथै अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यायालयलाई रणमैदान बनाएको भन्दै पूर्वसुरक्षाकर्मी परिषद नेपालको आपत्ति

२०७८ कार्तिक १६, मंगलवार २३:४१
Spread the lovemoreकाठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले न्यायालय निरन्तर संचालन गरी जनतालाई न्याय प्रदान गर्न/गराउन आग्रह गरेको छ । परिषदका अध्यक्ष केवि राउतले शुक्रबार विज्ञप्ति जारी गरी न्यायालयलाई बन्धक बनाई जनतालाई न्यायबाट बन्चित गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ,‘राजनीतिमा आफ्नो व्यक्तिगत आस्था हुन सक्दछ […]