राष्ट्रिय एकता दिवस मनाउन परिषदले सरकारलाई दबाब दिने

Spread the love

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले राष्ट्रिय एकता दिवस राष्ट्रिय रूपमा मनाउन सरकारलाई दबाब दिने भएको छ । सोमबार परिषदका अध्यक्ष केवि राउतले विज्ञप्ति जारी गरी भदौ ७ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको १९ बुँदे माग पूरा गर्न दबाब दिने बताएका हुन् ।

प्रधानमन्त्रीसमक्ष पेश गरिएको ज्ञापन पत्रको बुँदा नम्बर १८ मा “राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान र मार्गदर्शनलाई राष्ट्रले भुलेको छैन र भूल्न पनि हुँदैन त्यसैले राष्ट्र निर्माताको सम्झनास्वरूप राष्ट्रिय एकता दिवस राष्ट्रियरूपमा मनाउने व्यवस्था गरिनुपर्ने”माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संसारका कुनैपनि मुलुकले आफ्नो राष्ट्र निर्मातालाई बिर्सेर मुलुकको इतिहास नै मेटाउने गरेको देखिदैन । साना(साना राज्यमाविभाजितबाईसे चौबिसे राज्यहरूलाई एकीकरण गरी विशाल नेपालको परिकल्पना श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नगरेको भए ती राज्यहरूसँगै नेपालको अस्तित्व कल्पना नै गर्न सकिँदैनथ्यो । अहिले हामी नेपाली हौं भन्ने गर्व गर्दछौं भने हाम्रो देश नेपाल बनाउने राष्ट्र निर्माताको योगदानलाई किन कदर नगर्ने ? विभाजित राज्यहरुलाई एकै सूत्रमा बाँधी विशाल नेपाल स्थापना गर्ने सपना साकार पार्न अघि बढेका राष्ट्र निर्माताको जन्मदिन सदिऔँदेखि राष्ट्रिय पर्वको रुपमा भव्यताका साथ मनाउदै आएको इतिहास साक्षी छ ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

९ देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध, दैनिक दुई लाखलाई खोप लगाउने सरकारको निर्णय

२०७८ मंसिर ६, सोमबार १७:१३
Spread the lovemoreकाठमाडौँ । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको […]