सन् २०२१ मा चीनको समग्र कर स्तर ७.४ प्रतिशत कायम

Spread the love

चीनको समग्र भन्सार शुल्क स्तर सन् २०२१ मा ७.४ प्रतिशत रहने देखिएको छ । तथ्याङ्कअनुसार चीनले आफ्नो व्यापार क्षेत्रलाई सहज बनाउन राहत वितरण लगायतका विभिन्न उपाय अपनाएका यहाँको वाणिज्य मन्त्रालयले उल्लेख गरेको छ । चीन विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा प्रवेश गरेको २०औं वर्ष पुगेको छ ।

मन्त्रालयका प्रवक्ता गाओ फेङले भने, ‘विगत दुई दशकको दौडानमा चीन सधैं बहुपक्षीय व्यापार प्रणालीमा एक दृढ समर्थक, सक्रिय सहभागी र महत्वपूर्ण योगदानकर्ता भएको छ ।’

सन् २०१० मा वस्तुको आयात शुल्क १५.३ प्रतिशतबाट ९.८ प्रतिशतमा घटाउन डब्ल्यूटीओमा सामेल हुँदा चीनले गरेको प्रतिज्ञा पूरा भएको गाओले बताए । चीनले सन् २००७ सम्ममा सेवा क्षेत्रका नौ प्रमुख श्रेणीमा १०० उप–क्षेत्रहरू खोल्ने आफ्नो प्रतिबद्धता पनि पूरा गरेको थियो ।

अहिले मुलुकमा झण्डै १२० वटा उप–क्षेत्र खुलेको प्रवक्ता गाओले बताए । चीनले २६ देश र क्षेत्रसँग १९ वटा स्वतन्त्र व्यापार सम्झौतामा पनि हस्ताक्षर गरेको छ । कार्गोको आयातनिर्यात र भन्सार सहयोगजस्ता प्रक्रियाका लागि नियमावली निर्दिष्ट गरेको उनले बताए ।। यी सम्झौताले भन्सार प्रक्रियालाई सुव्यवस्थित गर्न, भन्सारको दक्षता बढाउन र सीमापार कार्गो प्रवाहमा सुधार गर्न सकारात्मक भूमिका निर्वाह गरेको देखिन्छ ।

चीनले आफ्नो मुख्य उद्देश्यमा डब्ल्यूटीओसँग बहुपक्षीय व्यापार प्रणालीलाई अवलम्बन गरिरहनेछ र डब्ल्यूटीओको सुधारमा सक्रियतापूर्वक भाग लिन गाउले बताए । विकासशील देशहरूको वैध अधिकार र हितको संरक्षण गर्नेछ र बहुपक्षीय व्यापार प्रणालीको समावेशी विकासलाई बढावा दिनेतर्फ पनि चीन सचेत रहेको उनको भनाइ छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टी रुपान्तरणका लागि महामन्त्रीमा उम्मेदवारीः गगन थापा

२०७८ मंसिर २३, बिहीबार २२:०३
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा थापाले १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् । महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनले पार्टी पुनःजागरण […]