कम्युनिष्टभन्दा कांग्रेस पछाडि पर्नुको कारणको समीक्षा हुनुपर्छः वरिष्ठ नेता पौडेल

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक लोकतन्त्रलाई बलियो र संस्थागत गरेर लैजान सकिएमा मात्र कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सकिने बताएका छन् ।

पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले नेता तथा कार्यकर्तामा लोकतान्त्रिक आदर्श, निष्ठा र नैतिक शक्ति अभिवृद्धि गरी स्वच्छ निर्वाचन र प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने बताए ।

पौडेलले भने, “के कारण कम्युनिष्टभन्दा कांग्रेसमा कमजोरी र पछाडि पर्यो त्यसको समीक्षा गरिनुपर्छ । निमुखाको न्याय हराएको छ, पार्टीमा भ्रष्टाचार, अनुशासन र नैतिकता कायम गर्न आवश्यक छ ।”

गौरवशाली इतिहास, सिद्धान्त र सङ्गठन भएको कांग्रेसले आफ्नो एजेण्डाका माध्यमद्वारा प्रतिपक्षीलाई आगामी निर्वाचनमा पराजय गर्न सकिने उनले उल्लेख गरे ।

पौडेलले गाउँमै रोजगारी दिने विकासको मोडेल आवश्यक रहेको भन्दै त्यसका लागि राजनीतिमा सुधारको खाँचो रहेको बाए । हाम्रो भविष्यको बाटो तय गर्न र पार्टीलाई सफल बनाउन सबै लाग्नुपर्ने उनको जोड थियो । पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन आन्तरिक लोकतन्त्र आवश्यक रहेको नेता पौडेलको भनाइ थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नाइजेरियाको मस्जिदमा बन्दुकधारीको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु

२०७८ मंसिर २४, शुक्रबार २१:४६
Spread the loveनाइजेरियाको मध्य राज्य नाइजरमा रहेको एक मस्जिदमा बन्दुकधारीहरुले गरेको अन्धाधुन्ध आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । स्थानीय बासिन्दाले भने आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएका छन् । यस आक्रमणको कारण तत्काल थाह हुन सकेको छैन । स्थानीय स्तरमा ‘ब्यान्डिट्स’ भनेर चिनिने अपराधीहरूको गिरोहले […]

समाचार छुट्याे की?